बिहीबार, साउन २८, २०८३

अनलाइन मन्त्रिपरिषद् बैठकमा कांग्रेसको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै बसेको मन्त्रिपरिषद् बैठकका विषयमा आपत्ति जनाएको छ। सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इन्टरनेटको माध्यमले भिडियोबाट मन्त्रिपरिषद् बैठक गरेका थिए।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले यसमा आपत्ति जनाएका हुन्। बैठक सुरु हुनासाथ यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराएका कांग्रेस सांसदहरुलाई सभामुखले बोल्ने समय दिएका थिए।

इन्टरनेट प्रयोग गरी भिडियोमार्फत भएको मन्त्रिपरिषद् बैठकको सूचना सहजै दुरुपयोग हुन सक्ने बताउँदै खाँडले आपत्ति जनाए। मन्त्रिपरिषद् बैठक सम्बन्धी कार्यविधि संशोधन गरिएकामा आपत्ति जनाउँदै खाँडले भने, ‘प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन गरिएको छ। यो अनुचित छ। यसरी सूचना र गोपनीयता चुहिएर जाने गम्भीरता पनि रहन्छ। सच्याएर पुरानै अवस्थामा लगिनु पर्छ।’

संसद बैठकप्रति पनि लक्षित गरी खाँडले भने, ‘यदि सम्मानीय प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि भोलि सभामुख हुनुभएन भने यो प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।