बिहीबार, साउन २८, २०८३

रविका समर्थकलाई छाडियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकालाई आज छाडिएको छ। सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो। 

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन्। यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताए। 

सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा अदालतले छाडेको थियो। उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।