बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले कालिकोटमा दुई घर पुर्‍यो, कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कालिकोटमा दुई घर पुर्‍यो, कर्णाली राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत - अविरल वर्षापछि आएको पहिरोले कालिकोटमा दुई घर पुरेको छ। तिलागुफाल नगरपालिका वडा नं. ७ छाप्रेमा डाँड गाउँका दुई घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। कालिकोटका डीएसपी श्यामबाबु ओलीयाका अनुसार डाँडका २५ घर पहिरोको उच्च जोखिममा परेका छन्।

पहिरोबाट मानवीय क्षति भने भएको छैन। राती नै स्थानीयले घर छोडेर भागेका कारण मानवीय क्षति हुनबाट जोगिएको नगरप्रमुख रत्नबहादुर शाहीले बताए। शाहीका अनुसार पहिरोले वडा नं. ६, ७ र ८ का तीन वटा बस्ती पनि जोखिममा परेका छन्।
 
पहिरोले कर्णाली राजमार्ग पनि अबरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन्। जुम्ला, मुगुबाट सुर्खेततर्फ र सुर्खेतबाट जुम्ला, मुगुतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन्। यता पहिरो हटाउन जिल्ला प्रहरी कार्यालयको टोली उक्त क्षेत्रमा पुगेको छ। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीकासाथै नेपाली सेनाले पनि प्रयास गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।