बिहीबार, साउन २८, २०८३

घट्यो सुनको मूल्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लगातार उकालो लागेको सुनको मूल्यमा मंगलबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेको हो । सोमबार प्रतितोला ७३ हजार ५ सय रूपैयाँ पुगेको छापावाल सुन मंगलबार ७२ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७२ हजार ३ सय रूपैयाँमा झरेको छ । महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला ७३ हजार २ सय रूपैयाँमा किनबेच भएको थियो ।  

पछिल्लो दुई महिनामा सुनको भाउ प्रतितोला झण्डै १० हजार रूपैयाँ बढेकाे छ । बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहक बढेको र नयाँ गरगहना किन्नेको संख्या घटेको व्यवसायीले बताएका छन् । 

चाँदीको मूल्य स्थिर 

सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्य भने स्थिर छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रूपैयाँ रहेको महासंघले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।