बिहीबार, साउन २८, २०८३

रोकिराखेको मिनी ट्रकमा दनदनी आगो बलेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रोकिराखेको मिनीट्रक आगजनी भएको छ । बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरीले जनाएको छ । 

गाडीका चालक सन्देश कार्कीले आफ्नो घरनजिकै गाडी पार्किङ गरेर राखेका थिए । पार्किङको गाडीमा अकस्मात आगो बलेको स्थानीय एक वृद्धले देखेर खबर गरेपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए।

ट्रकमा आगो कसले, किन लगायो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। ट्रक तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष ट्रक धनी नवीन कार्कीको भएको जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।