बिहीबार, साउन २८, २०८३

जिल्ला प्रशासन बाराका लेखापाल घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखापाल जयसिंह राय थारुलाई घुस रकमसहित पक्राउ गरेका हो।

थारुले बाराको फेटा गाउँपालिकामा कार्यरत छँदा सम्पत्र भइसकेको निर्माण कार्यको रकम निकासा दिन उपभोक्ता समितिसँग घुस माग गरेका थिए।

उपभोक्ता समितिसँग रकम माग गरेको सूचनाको आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट पुगेको टोलीले लेखापाल थारुलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो।

यसअघि अख्तियारले घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा सनोज महतोविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। महतोलाई सेवाग्राहीसँग १० हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

यसैगरी अख्तियारले सोमबार मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारको बर्दिवासस्थित कार्यालयबाट गएको टोलीले पाँच हजार घुस रकमसहित पक्राउ गरेको थियो।


जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ठाकुरले घुस लिइएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।