बिहीबार, साउन २८, २०८३

रवि पाँच लाख धरौटीमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका रवि लामिछाने चितवन जिल्ला अदालतको आदेश अनुसार रु. ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख रुपैयाँ र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने आदेश सुनाएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, कँडेल र कार्कीलाई विपक्षी बनाउँदै आत्महत्या दुरुत्साहनको मुद्दा जिल्ला अदालत चितवनमा दायर गरेको थियो। आरोपीहरुको बयान र थुनछेक बहसपछि अदालतको फैसला आएको हो। 

योसँगै अदालतले लामिछानेलाई पुडासैनी आत्महत्या प्रकरणबारे कार्यक्रम बनाउनबाट पनि रोक लगाएको छ भने विदेश जानबाटपनि रोक लगाएको छ। विदेश जानु अघि जिल्ला अदालतको अनुमति लिनु पर्ने आदेश अदालतले दिएको छ। मुद्दाको फैसला नभएसम्मका लागि लामिछानेमाथि यो शर्त राखिएको हो।

उनीहरुविरुद्ध ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनुपर्ने माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।