बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्मिताको फन्दामा परेर इन्डोनेसिया पुगेकी सुनिताको कथा   

अस्मिताको फन्दामा परेर इन्डोनेसिया पुगेकी सुनिताको कथा   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सुनिता (नाम परिवर्तन) भर्खर २२ वर्षकी पुगेकी थिइन्। स्नातक अध्ययन सकेकी उनलाई विदेश जाने रहर जाग्यो। विदेश कसरी जाने भन्नेबारे इन्टरनेटमा खोजी गर्न थालिन्। त्यही क्रममा उनको आँखा पुग्यो ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेजमा।

जर्नी टु अस्ट्रेलिया फेसबुक पेज लाइक गरिन् ‘इनबक्समा सोधिन्, कसरी जाने अस्ट्रेलिया ? जवाफ आयो, अस्ट्रेलियाको ‘इमिग्रेसन’ मा हाम्रो सेटिङ्ग छ सजिलै ल्याउँछौ।

फेसबुकमा उताबाट कुरा गर्ने आफ्नै उमेरकी अस्मिताले सजिलै अस्ट्रेलिया लैजाने भनेपछि सुनिता लोभिईन् र अस्मिताले भने अनुसार अस्ट्रेलिया जाने तयारी थालिन्। अनि सुरु भयो सुनिताको कहालीलाग्दो कहानी। 

अस्ट्रेलिया सपना बोकेकी सुनिता इन्डोनेसिया पुगिन्। अस्ट्रेलिया लैजान्छौँ भनेकी अस्मिताले इन्डोनेसिया पुर्याईन्। तर त्यतिबेलासम्म सुनिता तस्करको फन्दामा परिसकेकी थिइन्। अस्मिता तस्करकै समूहकी सदस्य थिइन्।

१५ लाख खर्च गरेर अस्ट्रेलिया हिँडेकी सुनिता इन्डोनेसिया पुगेपछि आफू तस्करको फन्दामा परेको बल्ल चाल पाइन्। तर सुनिताले आफू तस्करको फन्दामा परेको बारे परिवारलाई जानकारी नगराई अस्ट्रेलियाको कलेजमा शुल्क तिर्नुपर्ने भन्दै फोन गर्न सुरु गरिन्। तस्करहरुले नै उनलाई यसरी परिवारसँग पैसा माग्न बाध्य पारेका थिए।

सुनितासँगै अरु ३ जना युवा पनि त्यसरी नै ठगिएर इन्डोनेसिया पुर्याइएका थिए। यसरी इन्डोनेसिया पुर्याउने तस्करको समूले फिरौता माग्दामाग्दै इन्डोनेसियाको तीन महिनाको भिषा सकियो।

म्याद गुज्रिएको भिषा बोकेका सुनितासहित ४ जनालाई इन्डोनेसियाको प्रहरीले पक्राउ गर्यो। पक्राउ परेका उनीहरुले प्रहरीसँग आफूहरु तस्करको जालोमा परेकोबारे बताएपछि प्रहरीले नै परिवारसँग सम्पर्क गरायो र नेपाल फर्काउन सहयोग गर्यो।

यस्तो छ घटना 

पर्वतको कुस्मा नगरपालिका– ३ का २७ वर्षीय शिव शर्मा र काभ्रेको चौरी देउराली–९ की २२ वर्षीया अस्मिता चौलागाई इन्डोनेसियामा बसेर आफू अस्ट्रेलिया रहेको भन्दै नेपालीलाई ठगी गर्दै आएका थिए। 

आफ्नो अस्ट्रेलिया जाने सपना पुरा नभएपछि अन्य युवालाई ठग्ने उदेश्यले अस्मिता र शिवले इन्डोनेसिया बसेर ठगी गर्ने गरेको खुलेको छ।

अस्ट्रेलिया लैजान उनीहरुले एक जनासँग २० देखि ३० लाखसम्म लिने गरेका थिए।

अस्मिता र शिवलाई नेपालमा रहेका डोलेन्द्र कार्कीले सहयोग गर्ने गरेका थिए। अस्टे«लिया जान सम्पर्कमा आएका युवासँग पैसा लिने र पैसा पठाउने काम डोलेन्द्रले गर्दै आएका थिए।

अष्ट्रेलिया जाने सपना बोकेकी म्याग्दीकी सुनितासहित काभ्रेका, सिन्धुली र झापाका ३ युवा गरी ४ जनाले डोलेन्द्रलाई पैसा दिएर इन्डोनेसिया उडे।

२०७५ मंसिरको पहिलो साता अस्ट्रेलियाका लागि उडेका उनीहरु इन्डोनेसिया पुगे।

उनीहरुलाई विभिन्न बाहना बनाएर इन्डोनेसियामै अड्काइयो र पछि फिरौती माग्न थालियो। 

सुनितासहित ४ जनालाई अस्मिता र शिवले इन्डोनेसियामा बन्धक बनाएर अष्ट्रेलियामा पुगेको भन्दै परिवारलाई फोन गर्न लगाएर पैसा माग्न थाले। त्यही क्रममा भिषा सकिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो, अनि खुल्यो ठगीको रहस्य।

अस्मिता र शिवले पैसा असुल्न म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका ३० वर्षीय डोलेन्द्र कार्कीलाई एजेन्टका रुपमा प्रयोग गरेको मानव बेचविखन तथा  ओसार पसार ब्युरोले जनाएको छ।

अस्मिता र शिवले पैसा बुझ्न डोलेन्द्रलाई प्रयोग गर्ने गरेको ब्युरोको प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए। थपलियाका अनुसार इन्डोनेसिया प्रहरीले ठगिएका युवाको परिवारलाई सम्पर्क गराएको र पीडितका परिवारको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको हो।

ठगी र तस्करीमा संलग्न शिव शर्मा, अस्मिता चौलागाई, दोलखाको गैरीमुदी– १ का ३० वर्षीय शशी लामा भन्ने शशी कुमार तामाङ, म्याग्दीका डोलेन्द्र तथा एक भारतीय नागरिक पुरुषोत्तम पक्राउ परेका छन्।

उनीरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार थप  अनुसन्धान गरी कारबाही हुने ब्युरोले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।