मंगलबार, असार २३, २०८३

भारतसँग नखेल्ने भए रोहित चन्द

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली एक खेलाडी रोहित चन्दले भारतविरुद्धको मैत्रीपूणर् खेल नखेल्ने भएका छन्।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली एक खेलाडी रोहित चन्दले भारतविरुद्धको आसन्न मैत्रीपूर्ण खेल नखेल्ने भएका छन्।

यतिबेला इन्डोनेसियामा रहेका रोहित मैत्रीपूणर् खेलका लागि नेपाल नआउने सूचना उनका परिवारका सदस्यले दिएका छन्। ‘रोहित नेपाल फर्कने अवस्था रहेन’, रोहितका मेन्टर समेत रहेका दाजु रबिन्द्र चन्दले भने, ‘उता उनको खेल चलिरहेको छ।’ 

रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षण चलिरहेका बेला रोहित ९ दिनअघि इन्डोनेसियाको जाकर्ता प्रस्थान गरेका थिए। उनले शुक्रबारमात्र ८ दिनको क्वारेन्टाइनको समय पूरा गरेका छन्। इन्डोनेसियाको लिग दुई दिनअघि सुरु भइसकेको छ।

‘प्रशिक्षकसँग सल्लाह गरेर उनी जाकर्ता उडेका हुन्’, रबिन्द्रले भने, ‘उताको क्लबले पनि उनलाई रिलिज गर्न मान्ने कुरा भएन।’ तर रोहितले साफ खेललाई भने प्राथमिकतामा राखेको जानकारी उनले दिएका छन्। 

नेपालले काठमाडौंस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूणर् खेल खेल्दैछ।  मैत्रीपूणर् खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछन्। 

त्यसैगरी,राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले पनि भारतसँगको मैत्रीपूणर् खेलको रोहितको सहभागिता सुनिश्चित नभएको बताए। उनले भने, ’रोहित अहिले क्याममा छैनन्। इन्डोनेसियामा छन्। मैत्रीपूणर् खेलमा उनको सहभागिता निश्चित छैन।’

नेपालको राष्ट्रिय टोलीमा ‘सेन्टर डिफेन्स’को भूमिका निर्वाह गर्दै आइरहेका खेलाडी चन्द नेपालका लागि प्रभावशाली सदस्य मानिन्छन्।

प्रकाशित: Aug 28, 2021| 14:30 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।