काठमाडौं-
कान्तिपुर दैनिक को प्रधान सम्पादकमा फेरि सुधीर शर्मा नियुक्त भएका छन्।
एक वर्षअघि शर्माले
कान्तिपुर छोडेपछि नारायण वाग्ले प्रधान सम्पादक भएका थिए ।
स्थापना कालदेखि १७ वर्ष
कान्तिपुर मा रहेका वाग्ले पछिल्लो समय एक वर्ष प्रधान सम्पादक रहे ।
कान्तिपुर जानुअघि उनी सेतोपाटीमा आवद्ध थिए ।
वाग्लेले आफू पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनका लागि
कान्तिपुर बाट राजीनामा गरेको बताएका छन् ।
उनले शर्माको व्यवसायिक निपुर्णता र समर्पणले पत्रिकालाई बदलिंदा चूनौतीबीच थप सुद्धृढ गर्नेमा आफू ढुक्क रहेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४