काठमाडौं- पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि योगेश भट्टराईले आफ्ना योजनाहरु सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलन मार्फत् सोमबार उनले महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेका हुन्।
मन्त्रालयले कानूनी तथा नीतिगत सुधारका विषयलाई प्राथमिकता दिने मन्त्री भट्टराईले बताएका छन्। यूरोपियन युनियनको कालो सूचीमा परेको नेपाली उड्डयन क्षेत्रलाई त्यसबाट हटाउन आवश्यक सर्तहरु पुरा गर्ने उनले जनाएका छन्।
पर्यटनका लागि नयाँ योजना ल्याउनुका साथै सन् २०१९ को अन्त्यमा ग्लोबल टुरिजम सम्बन्धी कार्यक्रम गर्ने पनि जनाएका छन्। यसैगरी, नेपाल टुरिजम लगानी सम्मेलनको घोषणा पनि मन्त्री भट्टराईले गरेका छन्। उनका योजनामा पशुपतिलाई थप व्यवस्थित बनाउने र ७० वर्षमाथिका लागि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिनेसम्मका रहेका छन्।
पढ्नुस् पूर्णपाठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४