बिहीबार, साउन २८, २०८३

नेकपाको निर्णय : सार्वजनिक आलोचना गरे कारबाही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको हो। विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरिएको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार  पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राई विप्लव समूहबाट केहीमहिना अघि नेकपा प्रवेश गरेका हुन्।

यस्तै नेकपाका कार्यकर्ताले पार्टीका अन्य सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्। पार्टी र नेताको विषयमा सार्वजनिक आलोचना गर्न प्रतिबन्ध लगाइएको हो। सचिवालय बैठकले पार्टी नेता तथा कार्यकर्ता आफूभित्रकै नेता कार्यकर्तामाथि जाइलाग्न थालेको निश्कर्षसहित सार्वजनिक टिकाटिप्पणी गर्नमा प्रतिबन्ध लगाइएको श्रेष्ठले जानकारी दिए। सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने छ। 

'हाम्रो पार्टीको नेता, कार्यकर्ता वा अन्य सदस्यहरुको बारेमा पार्टीको केन्द्रदेखि तलसम्मका कुनै सदस्यहरुले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र तथ्यसंगत ढंगले आफूलाई लागेका कुराहरु उठाउनुपर्ने छ', श्रेष्ठले भने। उनले नियम उल्लंघन गरे स्पष्टीकरणको प्रक्रिया अगाडि बढाउँदै आवश्यक कारबाही गरिने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।