बिहीबार, साउन २८, २०८३

पहिलोपटक भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन्।

सिंगापुरमा रहेका प्रधानमन्त्री ओली र सिंहदरबारमा रहेका मन्त्रीहरुबीच भिडियो कन्फरेन्समार्फत कुरा भएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भिडियो कन्फरेन्सको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओली सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सकिने नियम बनाइएको थियो।

विदेशमा रहेका प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेको यो नै पहिलो पटक हो। यद्यपि यो प्रविधि नयाँ भने होइन।
Image
Image
Image
Image
Image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।