बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा सिमाना विवादमा कुटिएकी महिला उपचारका लागि काठमाडौंमा

जग्गा सिमाना विवादमा कुटिएकी महिला उपचारका लागि काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जग्गा सिमाना विवादमा छिमेकीबाट कुटिएकी महिलालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

धनगढीमा १५ दिनसम्म उपचार गर्दा पनि निको नभएपछि कैलालीको लम्की चुहा नगरपालिका-८, गप्काकी २५ वर्षीया रामजानकी चौधरीलाई थप उपचारका लागि आइतबार हवाईजहाजबाट काठमाडौं ल्याइएको हो । 

उनको बायाँ हात र शरीरको एक भाग पुरै चल्दैन भने दायाँ हात पनि कमै चल्छ । 

उनलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका लागि राखिएको छिमेकी टंक देउवाले जानकारी दिए । 

कुटिएको ४० दिनसम्म घरमै बेहोस अवस्थामा बसेकी उनलाई धनगढीका महिलाको पहलमा साउन २६ गते धनगढीस्थित सेती अंचल अस्पतालमा लगिएको थियो । 

उनको उपचारका लागि स्वतन्त्र नागरिक समाज धनगढीले रकम संकलन अभियान नै चलाएको थियो । स्थानीयबाट ४४ हजार ४ सय रकम संकलन भएको अभियानकी संयोजक भूमि फुलाराले जानकारी दिइन् । 

धनगढीका महिलाको पहलमा रामजानकीको उपचारका लागि काठमाडौं ल्याउन कांग्रेस नेत्री आरजु राणा देउवाले हवाईजहाजको चार वटा टिकटको व्यवस्था गरेको ईश्वरा जोराले जानकारी दिइन् । 

यसैबीच देउवाले संघीय ईकाई प्रहरी प्रमुखलाई बोलाएर रामजानकीको मुद्दालाई गम्भीर रूपमा लिन सुझाएकी छन् । 

जग्गाको साँध मिचेको आरोपमा छिमेकी यमबहादुर चौधरीको परिवारले उनलाई गत असार १७ गते कुटपिट गरेको थियो। रामजानकीलाई यमबहादुर, उनकी आमा राजदेवी र दिदी लक्ष्मीले बेहोस हुने गरी कुटेको पति तीर्थ चौधरीले बताए। 

यमबहादुरको परिवार ‘जमिनदार’ हो भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानीमा बसिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।