बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रविको बयान आज : थुनामै राख्ने कि छाड्ने विषयमा निर्णय हुने

रविको बयान आज : थुनामै राख्ने कि छाड्ने विषयमा निर्णय हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन-  शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा  पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग चितवन जिल्ला अदालतले आज (सोमबार) बयान लिने भएको छ ।  

तीन अभियुत्तमध्ये अदालतले आइतबार अस्मिता कार्कीको बयान लिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो । बयानका क्रममा अस्मिताले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् । 

लामिछाने र कँडेलको बयान भने समय नपुगेकोले सोमबारलाई सरेको थियो। आज दुबै जनासँगको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसले अभियुक्तहरुलाई थुनामै राख्ने कि धरौटी वा साधरण तारेखमा छाड्ने भन्ने विषयमा निर्णय लिनेछ । 

समयले भ्याएसम्म आजै निर्णय लिनसक्ने जनाइएको छ। अदालतको आदेश नआएसम्म तिनै जनालाई न्यायिक हिरासतमा राखिने छ । 

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र अस्मिताविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। 

गत साउन २० गते नारायणगढको कंगारु होटलमा सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले आत्महत्या गर्नुअघि बनाएको भिडियोमा रवि लामिछाने, युवराज कडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको बताएका थिए । सोहि भिडियोका आधारमा प्रहरीले रविसहित तीनै जनालाई साउन ३० गते पक्राउ गरेको हो । 


 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।