बिहीबार, साउन २८, २०८३

छुरा प्रहार गरी हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।

स्थानीय मुर्ताज मियाँले धारिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताए ।

घरायसी झगडाका कारण मुर्ताजले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको पोखरेलले बताए । 

घटनापछि मुर्ताज विष सेवन गरी गम्भीर घाइते भएको र उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।  

मुर्ताज प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।