काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिमा पनि बैठक बोलाउने र पार्टी निर्णय गराउने अधिकार दिएपछि दाहालले पहिलो पटक सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । ओलीले गत भदौ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहाललाई उक्त अधिकार दिएका थिए ।
बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा पार्टीको संगठनात्मक एकताका बाँकी कामबारे छलफल गरिने बताइएको छ ।
अहिले प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर छन् ।
पार्टी एकताको १५ महिनासम्म पनि अध्यक्ष दाहालले पार्टीका बैठकको अध्यक्षता गर्न पाएका थिएनन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४