बिहीबार, साउन २८, २०८३

सिराहाका आधा दर्जन दुग्ध उद्योगमा सिलबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिराहा । अवैधरुपमा सञ्चालित जिल्लाका आधा दर्जन दुग्ध उद्योगमा सिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि ६ डेरी उद्योगमा सिलबन्दी गरिएको हो । 

सदरमुकाम सिरहास्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगमा सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सप्तरीका सुरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार दुई उद्योगले भने नाम नै नराखी व्यवसाय गर्दै आएका थिए । सिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको  दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको प्रमुख सिंहले बताए ।  

डेरी उद्योगीलाई पटकपटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले सिलबन्दी गरेको प्रमुख सिंहको भनाइ छ । सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको जनाएको छ । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपय मापदण्डविपरीत सञ्चालन भइरहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।