बिहीबार, साउन २८, २०८३

रवि लामिछानेसहित तीनै जनालाई न्यायिक हिरासत पठाइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–  शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका रवि लामिछाने सहित तीन जनालाई आज बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय चितवनले  आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजनकर्मी रवि लामिछाने, अस्मिता कार्की र युवराज कंडेलविरुद्ध जिल्ला अदालत चितवनमा आरोप पत्र दायर गरेको थियो । 

उनीहरुको मुद्दा दर्ता भएसँगै सुरु भएको बयान आज नसकिएपछि उनीहरुलाई आज पनि प्रहरी हिरासतमै पठाइएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आज अस्मिता कार्कीको बयान गराइएको छ । 

समय अभावले आज लामिछाने र कंडेलको बयान हुन सकेन । सोमबार बिहानबाट हुने  उनीहरुको बयान सकिएपछि अदालतमा थुनछेक बहश शुरु हुनेछ। थुनछेक बहसपछि अदालतले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने, तारेखमा वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ। 

सरकारी वकिलले दर्ता गराएको मुद्दामा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।