बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हदबन्दी जग्गाको हदै दुरुपयोग : डेंगु नियन्‍त्रण विफल

हदबन्दी जग्गाको हदै दुरुपयोग : डेंगु नियन्‍त्रण विफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको कान्तिपुर दैनिकले डेंगु नियन्त्रण विफल शीर्षकमा मुख्य समाचार छापेको छ भने संसद्को अन्तर्राष्ट्रिय समितिले सीमा सुरक्षामा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले हदबन्दी छुटको हदै दुरुपयोग शीर्षकमा नेपालमा भएको जग्गा दुरुपयोगको विषयलाई मुख्य समाचार बनाएको छ । ४ वर्ष अघि भएको  घटनाका विषयमा टिकापुरबासी अझै अन्योलमै रहेको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ।
 
नागरिक दैनिकले भने भरपुर अस्पतालको जग्गा अतिक्रमण भएको विषयलाई मुख्य समाचार बनाएको छ । लालपुर्जा छ, जग्गा छैन शीर्षकमा उसले खबर लेखेको छ। यस्तै प्रधामन्त्रीको उपचार लम्बिने विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ । 

त्यस्तै आजको नागरिकले आत्माहत्या गरेका पत्रका शालिकराम पुडासैनीले गर्लफ्रेन्ड भेट्न छुट्टै कोठा भाडामा लिएको खुलासा गरेको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारमा कोठा लिएको खुलेको छ।

आजको नयाँ पत्रिकाले हुम्ला विमानस्थलका महिला भरिया शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै केन्याको लागुऔषध गिरोहमा नेपाली युवती रहेको र डेंगुका कारण ३ जनाको मृत्यु भएको विषयलाई पनि नयाँ पत्रिकाले महत्वका साथ छापेको छ। 

डेंगु नियन्त्रण विफल

आजको कान्तिपुरमा प्रकाशित समाचारअनुसार मुलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण प्रयास विफल प्रायः भएको छ ।

साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ । 

नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो रोग नियन्त्रण हुनेमा समेत आशंका छ । 

धरानमा तीन महिना बितिसक्दा पनि डेंगुनियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ ।उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धरानमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको अनुमान छ ।

यस्तै नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार तीन महिनादेखि फैलिएको डेंगुले तीनजनाको ज्यान लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दुई हप्तामा सुनसरी, डोटी र चितवनमा डेंगुको संक्रमणबाट एक–एकजनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । 

डोटीको दिपायल–सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्री मलासीको मृत्यु पुष्टि भएको छ । सुनसरी र चितवनमा मृत्यु भएको औपचारिक जानकारी महाशाखामा प्राप्त भए पनि नाम र ठेगानालगायत विवरण आधिकारिक रूपमा आउन बाँकी रहेको निर्देशक डा. विवेक लालले बताए । 

हदबन्दी छुटको हदै दुरुपयोग

आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ। चियाबगान, हाउजिङ कम्पनी, हाइड्रोपावरलगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओगट्दै आएका छन्।

ती जग्गा कुन अवस्था छन् भन्ने विवरण सरकारसँग छैन। हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको हो। मन्त्रालयका उपसचिव लीलानाथ दाहालले हदबन्दी छुट जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ। तराई र भित्री मधेसमा ८ हजार ४ सय २९ बिघा ११ कठ्ठा ४ धुर जग्गा हदबन्दी छुटमा वितरण गरिएको छ। यी जग्गा हदबन्दी छुटमा लिनेमा एक सय ६९ वटा कम्पनी छन्।

२०२१ सालपछि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय निर्णयबाट हदबन्दी छुटमा लिने निर्णय भएको थियो। मन्त्रालय स्रोतका अनुसार ती जग्गाको मनपरी प्रयोग भइरहेको छ। कतिपयले प्लटिङ गरेर बेचेका छन्। धेरै ठाउँमा हदबन्दी छुटका जग्गा बाँझै छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।