बिहीबार, साउन २८, २०८३

बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बाजुरा जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी २१ वर्षीया वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ। 

शुक्रबार साँझ सुत्केरी व्यथा लागेपछि उनलाई अस्पताल लगिएको थियो । 

शनिबार बिहान उनले मृत बच्चा जन्माएकी थिइन्। बच्चा जन्मिएपछि वसन्तीको शरीरबाट अत्यधिक रक्तश्राब भएको डाक्टर दुर्गाराज महर्जनले बताए।  

गत २६ साउनमा सोही अस्पतालमा स्वास्थ्य परीक्षण गराएपछि डाक्टरले भदौ २ गते सुत्केरी गराउन अस्पताल ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उनलाई ६ भदौमा अस्पताल पुर्याएका थिए । 

शरीरमा रगतको मात्रा पनि निकै कम भएकाले बच्चा जन्माएको करिव एक घन्टा पछि उनको ज्यान गएको डा. महर्जनले बताए । आफन्तले भने अस्पतालमा पुर्याएर बच्चा जन्माएपछि मृत्यु हुनुमा चिकित्सकको लापरबाही रहेको आरोप लगाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।