बिहीबार, साउन २८, २०८३

भाजपा नेता अरुण जेटलीको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता अरुण जेटलीको शनिबार दिउँसो १२ बजे निधन भएको छ । 

६७ वर्षका जेटली श्वासप्रश्वासमा समस्या भएपछि गत दुई सातादेखि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए । 

नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका जेटलीले प्रधानमन्त्री मोदीलाई पत्र पठाएर स्वास्थ्यका कारण आफूले सरकारमा कुनै पनि जिम्मेवारी सम्हाल्न नसक्ने बताएका थिए ।
 
वकालतबाट राजनीतिमा आएका जेटली बीजेपीका वरिष्ठ नेताहरुमध्येका थिए ।

उनी ‘सफ्ट टिशू सर्कोमा’ भनिने दुर्लभ प्रकारको क्यान्सरबाट पीडित रहेको अस्पताललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।