बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब स्थायी शिक्षक हुन प्रारम्भिक परीक्षा पास गर्नुपर्ने

अब स्थायी शिक्षक हुन प्रारम्भिक परीक्षा पास गर्नुपर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । अब स्थायी शिक्षक हुनका लागि प्रारम्भिक परीक्षा पास गर्नुपर्ने भएको छ ।

शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनमा शिक्षक सेवा आयोगको परीक्षा लोक सेवा आयोगको परीक्षाजस्तै बनाउने प्रस्ताव गरिएको हो । जसअनुसार सामान्य (वस्तुगत) १०० र विषयगत १०० गरी २०० पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुनेछ । अर्थात् स्थायी शिक्षक हुन चाहनेले सुरुमा १०० पूर्णांकको प्रारम्भिक परीक्षा दिनुपर्नेछ, यसलाई नियमावलीको संसोधनमा सामान्य परीक्षा भनिएको छ । उक्त परीक्षामा पास भएपछि मात्रै विषयगत परीक्षा दिन पाइनेछ । 

अहिले १०० पूर्णांकको लिखित र २५ पूर्णांकको मौखिक परीक्षा हुन्छ । 

वस्तुगत परीक्षा ओएमआर कपीमा, पास गर्न ५० अंक 

संसोधनमा १०० पूर्णांकको वस्तुगत परीक्षा मेसिनले जाँच्ने ओएमआर कपीमा दिनुपर्ने प्रस्ताव गरिएको छ । जस अनुसार परीक्षामा पास गर्न कम्तिमा ५० अंक ल्याउनुपर्नेछ ।  

वस्तुगत परीक्षामा पास भएकाहररूको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ । र, दुवै परीक्षामा धेरै अंक ल्याउने परीक्षार्थी अन्तर्वार्ताका लागि छानिने छन् ।  

प्रस्ताव मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलको क्रममा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।