बिहीबार, साउन २८, २०८३

भारतमा पत्नी पूजा समारोह 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । हिन्दु महिलाहरूले पतिको दीर्घायुका लागि हरितालिका तीजको व्रत बस्छन् । पतिलाई भगवानको दर्जा दिन्छन् । यस अर्थमा पतिको पूजा गर्नु हिन्दू महिलाहरूका लागि आम कुरा हो ।

तर, हालै भारतको इन्दौरमा ‘पत्नी पूजन समारोह’ आयोजना गरिएको छ । जनता दल युनाइटेडका राज्य परिषद् सदस्य राकेश सिंहले आफ्नो फेसबुकमार्फत् यसबारे उल्लेख गरेका छन् । उनका अनुसार समारोहमा पतिले आफ्नी पत्नीको पूजा गरेर आशीर्वाद लिएका छन् । र, पत्नीको दीर्घायुको कामना गरेका छन् । 

समारोह इन्दौरको विकसित, समझदार, सुखी समाजले आयोजना गरेको हो । 

सिंहले आफ्नो फेसबुक स्टाटसमा यो कामको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘के प्रत्नीले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुका लागि उपवास तथा व्रत बस्ने हो, पतिको पत्नीका लागि केही दायित्व हुँदैन ?’ 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।