काठमाडौं । चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्न आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान ।
चिकित्सकका अनुसार खानपानबाट पनि छाला स्वस्थ राख्न सकिन्छ । यसका लागि फलफूल र हरियो सागपात खानुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ ।
अन्डा
अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ । नियमित अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउँदैन । यस्तै, अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।
गाँजर
गाँजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यससँगै गाँजरको नियमित उपभोगबाट रगत सफा राख्न मद्दत पुग्छ । र, छालामा निखार आउँछ ।
बदाम

बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । त्यसकारण यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुग्छ । यो स्मरण शक्ति बढाउने ‘रामबाण’ नै मानिन्छ ।
बदामको दूध स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । यसको दूधले शरीरमा सुगर लेबललाई नियन्त्रण गर्छ ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४