आइतबार, चैत ८, २०८२

नेपालले परीक्षण अनुमति पाएको वालभ्याक्स लगाउनुका थुप्रै फाइदा छन् : डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

हिजो मात्रै नेपाल सरकारको क्याबिनेटबाट दुई वटा भ्याक्सिन लाई अनुमति दिएको छ। एउटा कोरोनासँग सम्बन्धित सार्स कोभ २ कै भ्याक्सिन हो। अर्को कलेरा भ्याक्सिन हो। यो कोरोना भ्याक्सिन नभइ हैजासम्बन्धी भ्याक्सिन हो।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई परीक्षण अनुमति दिने निर्णय गरेको छ। योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्ने भएको छ।

National life

भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने भनेपछि विभिन्न कौतुहलता पैदा भएका छन्। के हो त मन्त्रिपरिषद् बैठकले नेपालमा परीक्षण अनुमति दिएको एमआरएनए भ्याक्सिन? यसले के गर्छ? भन्ने बारेमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंश:

नेपाल सरकारको मन्त्रिपषिद् बैठकले एमआरएनए खोप परीक्षणका लागि नेपालमा अनुमति दिएको छ, यो कस्तो खोप हो?

हिजो मात्रै नेपाल सरकारको क्याबिनेटबाट दुई वटा भ्याक्सिन लाई अनुमति दिएको छ। एउटा कोरोनासँग सम्बन्धित सार्स कोभ २ कै भ्याक्सिन हो। अर्को कलेरा भ्याक्सिन हो। यो कोरोना भ्याक्सिन नभइ हैजासम्बन्धी भ्याक्सिन हो। 

कोरोना सम्बन्धी भ्याक्सिन चीनको वालभ्याक्स कम्पनीले उत्पादन गरेको हो। त्यो अमेरिकाको फाइजर जस्तै कम्पनी हो। त्यो भाइरस स्पेसिफक भ्याक्सिन हो। एमआरएनए भ्याक्सिन फ्रिज टेम्प्रेचरमा स्टोरेज गर्न मिल्छ। फाइजर माइनस २० डिग्रिमा राख्नु पर्छ। तर, यो फ्रिज टेम्प्रेचरमा राख्न मिल्ने भ्याक्सिन हो। हाम्रो जस्तो मुलुकमा एमआरएनए जस्तो भ्याक्सिन भएपछि स्टोरेज गर्न र ट्रान्सपोटेशन गर्न सजिलो हुन्छ।

Laxmi sunrise bank
kumari

वालभ्याक्स भन्ने कम्पनीले प्रायोजन गरेको भ्याक्सिनलाई देउराली जनता फर्मास्युटिकल्स भन्ने नेपाली कम्पनीले लोकल पार्टनरको हिसावले काम गर्न खोजेको हो। बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा यसको ट्रायल गर्नेगरि काम हुँदैछ। र, तीन हजार स्वयंसेवकमा यसको ट्रायल (परीक्षण) गर्न लागिएको हो। हामीले इथिकल हिसावमा नेपाल सरकारले पहिला पास गरेको भ्याक्सिन ट्रायलको (प्रोसेस) प्रक्रिया अनुसार सर्वप्रथम जसले भ्याक्सिन ट्रायल गर्न चाहन्छ, त्यो ट्रायल गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पहिला प्रस्ताव लैजान्छ।

यसले कहिलेसम्म काम गर्छ, कुन उमेर समूहमा काम गर्छ, बच्चा, बुढाबुढी, प्रेग्नेन्सीको बारेमा हेर्नै बाँकी छ। लगाएको भ्याक्सिन कहिलेसम्म रहन्छ? भ्याक्सिन लगाइसकेपछि शरीरले भ्याक्सिनको लागि एन्टीबडी उत्पादन गर्ने, आफैँ क्षमता उत्पादन गर्छ की गर्दैन? सबै हेर्न बाँकी छ। 

प्रस्ताव साइन्टिफिक हिसावमा, इथिकल रिपोर्टबाट हेरेपछि यो ठीक छ भन्ने भएपछि हामीले मन्त्रालय हुँदै क्याबिनेट पठाउनुपर्छ। त्यो क्याबिनेटले पास गरेको अवस्था हो। क्याबिनेटले पास गरेपछि पनि अझै सकिएको छैन। यो डकुमेण्ट औषधि व्यवस्था विभागमा लाइसेन्सको लागि जानुपर्छ। औषधि व्यवस्था विभागले फाइनल स्विकृति दिइसकेपछि हामीले त्यसको प्रोसेसमा कति कहाँ भएको छ, सबै हेरेर लोकल साइटसँग छलफल गरेर कम्पनीसँगको छलफलमा अघि बढ्न निर्देशन दिएपछि ट्रायल सुरु हुन्छ। अर्को कलेरा वाला भनेको रेगुलर चलेको भ्याक्सिन मध्येकै एक हो ।

ट्रायलमा (परीक्षण) व्यक्तिको छनोट कसरी हुन्छ, ती व्यक्तिहरूले कसरी सहभागिता जनाउने?

आम पब्लिकले एउटा बुझ्नै पर्ने कुरा के हो भने क्लिनीकल ट्रायलका ४ फेजमध्ये तेस्रो फेजको ट्रायल हो। यसमा सेफ्टी हेरिन्छ, मानिसलाई हानी गर्छ की गर्दैन? र, अर्को इफेक्टिभ कत्तिको छ भनेर हेरिसकेपछि थोरै पपुलेशनमा ठीक छ भनेर अगाडि बढेको र साइन्टिफिक पब्लिकेशन पछाडि तेस्रो चरणमा प्रवेश गरेको हो। यसलाई हामीले मल्टीसेन्टिक, मल्टिनेसनल ट्रायल भन्छौं। मल्टिनेसनल ट्रायलभित्रमा लगभग १५, २० हजारदेखि ३० हजारसम्म सहभागिता हुन्छन्। सहभागीहरूलाई भ्याक्सिन लगाएर हरेपछि इफेक्टीभिटी अझै बढी पर्दो रहेछ। फरदर सेफ्टी कति छ? फरदर इफेक्टिभ कति छ, भनेर हेर्ने हो। थर्ड फेजको ट्रायलको विषय त्यही नै हो। अहिले हामीले लगाएका भ्याक्सिनहरू पनि थर्ड फेज सकिसकेपछाडी इमर्जेन्सी अथवा मान्यता पाएपछि लगाएको भ्याक्सिन हो। यद्यपी यसको रिसर्च भइरहेको छ। 

यसले कहिलेसम्म काम गर्छ, कुन उमेर समूहमा काम गर्छ, बच्चा, बुढाबुढी, प्रेग्नेन्सीको बारेमा हेर्नै बाँकी छ। लगाएको भ्याक्सिन कहिलेसम्म रहन्छ? भ्याक्सिन लगाइसकेपछि शरीरले भ्याक्सिनको लागि एन्टीबडी उत्पादन गर्ने, आफैँ क्षमता उत्पादन गर्छ की गर्दैन? सबै हेर्न बाँकी छ। त्यसकारण यो भ्याक्सिन अध्ययनकै क्रममा छ। त्यसकारण यसमा डराइहाल्नुपर्ने स्थिती होइन्। सहभागिको छनोट इथिकल रिपोर्टमा हाल्दा सबै कुरा हुन्छ। पार्टीसिपेटको प्रोटोकलमा डिजाइन हुन्छ। त्यो प्रोटोकल, डिजाइन, मेथोलोजीमा कहाँ, कसरी, कुनकुन मान्छेमा गर्ने, कस्ता उमेर समूहमा गर्ने, हार्महरू के हुनसक्छ, बेनिफिट के हुन्छ, सबै कुरा साइन्टिफिक हिसावले हेरेपछि मात्रै हामीले अगाडि बढाउने हो। 

ट्रायल सफल भए त विश्व नै लाभान्वित भयो। तर, भवितव्य केही भयो भने के छ नेपालको कानुन?

हामीले जहिले पनि अन्तर्राष्ट्रिय खालको ट्रायल गर्दा कुन अस्पतालमा उपचार गर्ने, समस्या भए कसरी लैजाने, के गर्ने, केयर गर्नेदेखि लिएर इन्स्योरेन्सका कुरा पनि हुन्छन्। इन्स्योरेन्स बिना हामी काम गर्दैनौं। त्यसबाट सामान्य बिरामी, गम्भीर बिरामी हुँदा के गर्ने, कहाँ उपचार गर्ने, उपचार गरेबापत्को खर्च कसले व्यहोर्ने भन्ने अन्तर्राष्ट्रिय नियमानुसार नै हुन्छ। प्रायोजकको नियममा प्रायः कम्पनी नै प्रायोजन हुन्छ, छैन भने कुनै संस्था वा अन्य केही हुन्छ। त्यो कम्पनीको दायित्व भित्र पर्छ। प्रायोजकले हामीलाई बजेट दिँदा नै शीर्षकसहितको खर्च गर्ने कुराहरू आउँछ। हामीले त्यसैमा टेकेर खर्च गर्नुपर्छ।

ट्रायलमा व्यक्तिले पाउने लाभ र सरकारले पाउने लाभ कसरी पहिचान हुन्छ?

क्लिनीकल रिसर्चमा सामान्य ब्लड निकाल्नेदेखि भ्याक्सिन लाउने कुरा हुन्छन्। त्यहाँ मान्छेहरुको बेनिफिट (लाभ) र हानी (रिस्क) को बारेमा कुरा गर्छौं। त्यसैले जहिले पनि हामीले हानी भन्दा लाभ बढाउनुपर्छ भन्नेमा लाग्छ। बेनिफिट भनेको के हुन्छ भने कुनै पनि क्लिनीकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै पपुलेशन (जनसंख्या) मा हाम्रै समुदायमा भ्याक्सिन लगाउनु भन्दा अगाडि नै उमेर समूहदेखि लिएर शीर्षकगत हिसावले, जेनेटिक हिसावले सबै कुराहरू पहिले नै हेर्न पाइन्छ, भोली सबैमा भ्याक्सिन लगाउँदा अलरेडी हामीले हेरिसकेका हुन्छौँ। हाम्रो जेनेटिक मेकअप अनुसार पनि यो भ्याक्सिन राम्रो हुन्छ कि हुँदैन थाहा भइसकेको हुन्छ। किनभन्दा अमेरिकामा पपुलेशन र त्यहाँको जेनेटिक्स क्षेत्रगत हिसावले भौगोलिक खानपान, यहाँ फरक छ। त्यसैले कहिले काहीँ भ्याक्सिनले काम गर्ने कुराहरू फरक पर्न सक्छ। 

ट्रायल भनेको साइन्स हो। एउटा साइन्स विकास गर्दा जहिले पनि लाभ मात्र खोजेर हुँदैन। हामीले भ्याक्सिन ट्रायल शुरु गर्नु भनेको क्षमता विकास गर्नु हो।

ट्रायल दिनुभन्दा अगाडि हामीले ३/४ वटा कुरा भन्छौँ, जहिले पनि इथिक्समा एउटा ह्यूमन पार्टीसिफेट, आफ्टर ट्रायल, दोस्रो राज्यले के बेनिफिट गर्छ, ट्रायलपछि, अर्को क्वालिटीको प्रायोरेटी बिना काम गर्दैनौ पहिल्यै भनिसकेका हुन्छौँ। क्वालिटी राम्रो आएको खण्डमा हामीले पाउने बेनिफिट के हुन्छ भनेर पहिल्यै सोध्छौँ। र, उसले लेखेर पठाएको हुन्छ। कसैले केही डोज फ्री दिन्छु भन्छ 

ट्रायल भनेको साइन्स हो। एउटा साइन्स विकास गर्दा जहिले पनि लाभ मात्र खोजेर हुँदैन। हामीले भ्याक्सिन ट्रायल शुरु गर्नु भनेको क्षमता विकास गर्नु हो। क्यापासिटीपछि साइट डेभलप हुन्छ, त्यहाँ रिसर्चहरू हुन्छन्। ट्रेनिङका कुरा हुन्छन्। अनुभवका कुरा भइसकेपछि अरु ट्रायल गर्दा सहजै काम गर्छौं।

कम्पनीको कमिटमेण्ट के छ?

नेपालमा परीक्षण सफल भए केही डोज भ्याक्सिन फ्री दिने कम्पनीको प्रतिवद्धता छ। अर्को उत्पादन गर्नलाई टेक्नोलोजी दिने कुरा गरेको छ। यो धेरै महत्वपूर्ण छ। कम्पनीले भोलि नेपालमा टेक्नोलोजी ट्रान्सफर गर्दा देउराली जनता फर्मास्युटिकल्स सक्षम बनाउने भनेको छ। त्यो अनुसार राज्यले पनि एउटा नीति बनाएर पास गरिसकेको अवस्था हो। 

नेपालमै भ्याक्सिन उत्पादन गर्ने गरि कार्यदलले काम गरिरहेको भन्ने कुरा छ यो कहाँ पुग्यो?

क्याबिनेटले अस्ति भर्खर पास गर्यो। राजपत्रमा भर्खर आएको छ। त्यसमा एउटा अन्तर्राष्ट्रिय लेभलको बनाउने कुरा छ। राज्यले जग्गा, बाटो, बिजुली, ट्याक्स फ्री गरिदिने वा राज्यले किनिदिने कुरा कुराहरू उल्लेख गरेको छ। यसलाई कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। अब यो वर्षको नीति तथा कार्यक्रममा लिएर जानुपर्छ। राज्यले यसलाई कसरी अगाडि बढाउछ भन्ने महत्वपूर्ण कुरा हो।

यो बाहेक अन्य कुनै भ्याक्सिन इच्छुक भएर ट्रायलमा आउने कुरा छ कि?

यसबाट बाटो खुलेको छ। यो मुलुकमा भ्याक्सिन रिसर्च पार्टीकुलर दिनको लागि मात्रै गर्ने कुरा होइन। साइन्सको डेभलवमेण्ट गर्न हो। कोरोना कहिलेसम्म रहन्छ, भ्याक्सिन कति डोजसम्म चाहिन्छ? कुन भेरियन्टको लागि काम गर्छ। हामीलाई थाहा छैन। त्यसैले धेरै भन्दा धेरै रिसर्च गर्न सक्ने स्थिती भयो भने राम्रा कम्पनी राज्यलाई छान्न पनि सजिलो हुन्छ। अहिले त हामीले भ्याक्सिन प्राप्त गर्ने कुरा मात्रै गरेका छौँ। अब हामीले लगाएको भ्याक्सिनको प्रभाव त हामीले हेरेका छैनौं। अहिले बल्ल अध्यन हुँदैछ।

हामीले कोरोनाविरुद्धका कति भ्याक्सिन लगाइरहेका छौं?

मलाई जानकारी भएसम्म ४ वटा भ्याक्सिन लगाइरहेका छौं। भारतको अक्सफोर्डसँगको एस्ट्राजेनिका कम्पनीको कोभिशील्ड, चाइनाको सानोफार्म कम्पनीको एउटा भेरोसेल, स्पुतनिक भी पनि आउने भनेको आइसकेको छैन, अर्को अमेरिकी कम्पनी जोनसन र मोडर्नाको खोप लगाइसकेका छौं। पाइपलाइनमा फाइजर आउने भनेको छ। कहिलेसम्म र कतिसम्म चाहिन्छ हामीलाई थाहा छैन। त्यसकारण रिसर्चलाई प्रायोरेटी दिएको छ।

प्रकाशित: Aug 28, 2021| 12:50 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्