शनिबार, चैत ७, २०८२

कर वृद्धि गर्ने चीनको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बेइजिङ - चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धिको घोषणा गरेको छ।

चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

चीनको करवृद्धिसम्बन्धी पछिल्लो निर्णय वासिङ्टनले सेप्टेम्बरदेखि चिनियाँ सामानमाथि कर वृद्धि गर्नेगरी निर्णय लिएको थियो । तर अमेरिकामा निरन्तरको करवृद्धिले देशको अर्थतन्त्रलाई नै प्रभावित पार्नसक्ने विज्ञहरूको धारणापछि यसलाई डिसेम्बर १५ सम्मका लागि पछि सारेको थियो।

चीनले नयाँ करवृद्धिबारे अमेरिकी निर्णयको प्रतिक्रियास्वरूप पछिल्लो घोषणा गरेको हो। “चीनले अमेरिकाबाट चीन आयात हुने विभिन्न पाँच हजार ७८ अमेरिकी सामानहरूमा पाँचदेखि १० प्रतिशतसम्म कर वृद्धि गर्नेछ,” चिनियाँ राज्य परिषद् राजश्व कार्यालयले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।