बिहीबार, साउन २८, २०८३

सांसदको घरमा आगजनी गर्ने विप्लव नेता  समातिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद तथा प्रदेश नम्बर पाँचका प्रमुख सचेतक भुमिस्वर ढकालको घरमा आक्रमण गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजना प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला नेता रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गत शुक्रबार दिउँसो पौने तीन बजे सैनामैना नगरपालिका–८ स्थित ढकालको घरमा मट्टितेल भरिएको वियरको बोतलमा आगो लागाएर प्रहार गरिएको थियो ।

सो घटनाबाट सांसद ढकालको घरमा समान्य क्षति भएको छ भने ढकालले प्रयोग गर्ने लु १ झ ४५६ नम्बरको सरकारी गाडीमा क्षति पुगेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सदस्य तथा रुपन्देही जिल्ला जनपरिषद्का उप–प्रमुख विक्रम यादव तथा रुपन्देही जिल्ला कार्यसमिति रुपन्देहीका सदस्य तथा जनपरिषद्का सदस्य रुदल यादव रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजना गत साउन १५ गते रुपन्देहीको गौडहवास्थित एनसेल टावरमा आक्रमणमा समेत संलग्न रहेको खुलेको जनाएको छ ।

शुक्रबार पक्राउ परेका दुवै जनालाई विस्फोटक पदार्थ तथा आगजनीको आरोपमा मुद्दा चलाउने तयारी भैरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।