बिहीबार, साउन २८, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

१. अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ आगामी जी–सेभेन शिखर बैठकअघि क्यानडाको ओटावा पुगेका छन्। उनको यो औपचारिक भ्रमणलाई परराष्ट्र मामिलाका क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ। जी–सेभेनको अघिल्लो बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी बैठक नै त्यागेर उत्तर कोरियासँगको वार्ताका लागि सिंगापुरतर्फ लागेका थिए।

२. साउदी अरबको सहयोगमा टिकेको यमनको सरकारले विपक्षी हुथी विद्रोहीहरुसँगको शान्ति सम्झौताका बारेमा छलफल गर्न साउदी अरबको रियादमा एउटा भेटघाटको आयोजना गरेको छ।

३. पश्चिमी नाइल भाइरसबाट ग्रिसमा १० जनाको मृत्यु भएको छ। उक्त भाइरस प्रकोपको रुपम विकसित हुन सक्ने स्वास्थ्य विज्ञहरुले जनाएका छन्।

४. दक्षिण कोरिया र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ। ब्रेक्जिटको प्रसंग चलिरहेको बेला बेलायतले युरोपेली संघ छोडेपछि कसरी आफ्नो अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्छ भन्ने कुराको यो उचित उदाहरण हो।

५. जोर्डन नदिको पश्चिम किनारामा रहेका वस्तीहरुमा दोहोरो भिडन्तका क्रममा तीन जना इजरायली नागरिक गम्भीर घाइते भएका छन्।

६. भियतनाम र चीनका दुई शहर मंकाई र ग्वांसी च्वाङबीच पर्यटक कार यातायातको रुपमा प्रयोग गर्न सकिने एक सम्झौतामा दुई देशले हस्ताक्षर गरेका छन्।

७. पृथ्वीको पर्यावरणलाई भरथेग गर्ने बलियो पर्यावरणीय आवरण अमेजन क्षेत्रको वर्षा वनमा लागेको डढेलोले जैविक विविधतामाथि ठूलो कुठाराघात गर्ने र जलवायु परिवर्तनको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ।

८. स्पेनिस पूर्व राजा हुवाँ कार्लोस प्रथम मुटुसम्बन्धी रोगको उपचारका लागि एउटा अप्रेशन गर्नुपर्ने अवस्थामा पुगेका छन्। उनी अहिले ८१ वर्षका छन्। यस उमेरमा यस्तो प्रकृतिको चिकित्सकीय उपचार विधि उनका लागि उचित हुने नहुने अझै चिकित्सकहरुले निक्र्योल गर्न सकेका छैनन्।

९. एसिया प्रशान्त समूह जसले मानवता, शान्ति र क्षेत्रीय स्थिरताबारे अध्ययन अनुसन्धान र अभिलेख गर्दछ उक्त संस्थाले पाकिस्तानलाई विस्तृत कालो सूचीमा राखेको छ। पाकिस्तानलाई आतंकवादका लागि वित्तीय सहयोग गरेको, आधारभूत मानवअधिकारमा ध्यान नदिएको र आम जनताको सम्पत्ति शोषण गरेको आरोप लागेको छ।

१०. चिनियाँ राष्ट्रपतिले चिनियाँ हवाई सैन्य शक्तिलाई संसारकै अब्बल बनाउनु पर्ने एउटा कार्यक्रममा उद्घोष गरेका छन्। हवाई सैन्य शक्तिको ७० औं वर्ष गाँठका अवसरमा राष्ट्रपति सीले उक्त धारणा अघि सारेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।