बिहीबार, साउन २८, २०८३

टीकापुरमा फेरि जम्मा हुँदै थारु समुदायः के छ रणनीति?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - टीकापुर घटना भएको चार वर्षपछि कैलालीको टीकापुरमा थारु सम्मेलन हुँदैछ। 

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनको क्रममा टीकापुरमा ८ जना प्रहरीसहित ९ जना मारिएका थिए। त्यसपछि खलबलिएको सामुदायिक सद्भावको तुष अझै राम्रोसँग मेटिएको छैन। 

टीकापुरको उक्त घटनापछि त्यस क्षेत्रमा सामुदायिक सद्भाव कायम गर्नका लागि थारुहरुको भेला हुन गइरहेको नेता लक्ष्मण थारुले जनाएका छन्।

उनका अनुसार टीकापुर सम्मेलनले थारु र गैरथारु समुदायबीच सद्भाव कायम गराउन प्रयास गर्नेछ। त्यस्तै वर्षौंदेखि हेपिएका र अधिकारबाट बञ्चित थारुहरुको अधिकारका लागि समेत आवाज उठाउनेछ।

उद्घाटन कार्यक्रमलाई बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण, मोहन वैद्य, खगेन्द्र संग्रौला, किशोर नेपाल, शंकर लिम्बूलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजक समितिकी इन्दु चौधरीले जानकारी दिएकी छन्।

सम्मेलनमा टीकापुर घटना गराएको आरोपमा जेल जीवन विताई रहेकाहरुको रिहाईका लागि पनि आवाज उठाइने चौधरीले जानकारी दिइन्।

सुरक्षाका लागि सहमति

टीकापुर भेलामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी शान्तिपूर्ण रुपमा कार्यक्रम सम्पन्न गर्न स्थानीय प्रशासन र आयोजकबीच सात बुँदै सहमति समेत भएको छ। 

सहमति पत्रमा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले सुरक्षाका सबै उपायहरु आवलम्बन गर्ने, समाजिक सद्भाव खलबलिने र शान्ति–सुरक्षामा असर पर्ने गरी कार्यक्रम अवधि भरी कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन नगर्ने–गराउने भनिएको छ। 

त्यस्तै कार्यक्रमस्थलमा प्रवेश गर्ने सबैको सुरक्षा जाँच गरिने भएको छ। 

स्वयम् सेवकलाई प्रशिक्षण

सम्मेलनमा खटिने स्वयम् सेवकलाई आयोजक र प्रहरीले संयुक्त प्रशिक्षण दिएका छन्।

प्रहरीसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने गरी नेताहरु लक्ष्मण थारु, मिनराज चौधरी र इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी मनोहर प्रसाद भट्टले स्वयम् सेवकहरुलाई प्रशिक्षण दिएका हुन्।

डीएसपी भट्टका अनुसार बुधबारदेखि नै टीकापुर र आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको छ। टीकापुर बजार क्षेत्रमा मदिराजन्य बस्तु विक्री वितरणमा रोक लगाइएको छ। 
शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै सुरक्षाकर्मी थप गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।