बिहीबार, साउन २८, २०८३

बीपी सम्मान पुरस्कार 'वैरागी काइँला' र मधुकान्त सिंहलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तिलविक्रम नेवाङ 'वैरागी काइँला' ले पाउने भएका छन्। बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य सम्मान पुरस्कारबाट यस वर्ष काइँला सम्मानित हुने भएका हुन्। 

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा बसेको बैठकले सर्वसम्मतीबाट काइँलालाई चयन गरेको हो। 

यस्तै सोही बैठकले प्रत्येक वर्ष प्रदान गर्ने गरेको सेनानी सम्मान पुरस्कार मधुकान्त सिंह सप्तरीलाई प्रदान गर्ने निर्णय गरेको हो। प्रजातन्त्र स्थापनाको आन्दोलन एवं संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई पुरस्कारबाट सम्मानीत गर्न लागिएको ट्रष्टले जानकारी दिएको छ। 

पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा प्रदान गरिने ट्रष्टले जनाएको छ। दुबै पुरस्कारको राशी पचास/पचास हजार रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।