आइतबार, चैत १९, २०७९

बीपी सम्मान पुरस्कार 'वैरागी काइँला' र मधुकान्त सिंहलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं – यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तिलविक्रम नेवाङ 'वैरागी काइँला' ले पाउने भएका छन्। बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको साहित्य सम्मान पुरस्कारबाट यस वर्ष काइँला सम्मानित हुने भएका हुन्। 

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा बसेको बैठकले सर्वसम्मतीबाट काइँलालाई चयन गरेको हो। 

यस्तै सोही बैठकले प्रत्येक वर्ष प्रदान गर्ने गरेको सेनानी सम्मान पुरस्कार मधुकान्त सिंह सप्तरीलाई प्रदान गर्ने निर्णय गरेको हो। प्रजातन्त्र स्थापनाको आन्दोलन एवं संघर्षमा महत्वपूर्ण योगदान पुर्‍याएवापत उनलाई पुरस्कारबाट सम्मानीत गर्न लागिएको ट्रष्टले जानकारी दिएको छ। 

पुरस्कार आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा प्रदान गरिने ट्रष्टले जनाएको छ। दुबै पुरस्कारको राशी पचास/पचास हजार रहेको छ। 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।