काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कास्की जिल्ला इन्चार्ज रुपेश पक्राउ परेका छन्।
उनलाई प्रहरीले विहानै पोखाराबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार पक्राउ परेका रुपेश र उनीसँगै रहेका अर्का एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान थालिएको छ।
यसैबीच पोखराबाटै सञ्चारकेन्द्र डटकमका सम्पादक ओम हमाल पनि पक्राउ परेका छन्।
चन्दको नेकपा निकट ुजनपत्रकार संगठन नेपालु का केन्द्रीय सदस्यसमेत रहेका हमाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४