बिहीबार, साउन २८, २०८३

सर्पको टोकाइबाट महिलाको ज्यान गयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– कैलालीमा सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । 

जिल्लाको घोडाघोडी नगरपालिका–१, घोडाघोडीमा सर्पको टोकाइबाट ३२ वर्षीया रानीपुरा न्यौपानेको मृत्यु भएको हो ।

भान्सामा खाना पकाउदै गरेको बेला हातमा सर्पले टोकेपछि समयमै उपचार नपाउँदा उनको ज्यान गएको हो ।

सर्पले टोकेपछि उनी उपचारका लागि दौडिँदै नजिकैको सुखड बजारस्थित मेडिकल पुगेकी थिइन् । तर, मेडिकलले धनगढी जान सल्लाह दिएपछि मात्र उनलाई गौरिगंगा नगरपालिका, बडैपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो । 

केन्द्रले धनगढी सेती अञ्चल अस्पताल रिफर गरे पनि अन्तिम अवस्थामा रहेकाले उनको उपचार हुन नसकी त्यही निधन भएको स्थानीय धनलक्ष्मी शाहीले जानकारी दिइन् । रानीपुराका पति शंकर न्यौपाने चार दिनअघि मात्र रोजगारीका लागि भारत गएकाले छोराछोरीको बिचल्ली भएको शाहीले बताइन् । 

न्यौपानेका १०, ८, ५ र ४ वर्षका ४ छोरी छन् भने ७ महिनाका एक छोरा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।