बिहीबार, साउन २८, २०८३

प्रियंका चोपडालाई निजी विचार राख्ने अधिकार छः यूएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थनमा ट्वीट गरेको विषयमा संयुक्त राष्ट्रसंघ (यूएन)ले उनलाई निजी विचार राख्ने अधिकार भएको बताएको छ।

यूनिसेफकी सद्भावना दूत समेत रहेकी प्रियंका चोपडाविरुद्ध पाकिस्तानले संयुक्त राष्ट्र संघलाई पत्र पठाउँदै उनलाई गुडविल एम्बेसडर पदबाट हटाउन माग गरेको थियो । 

पाकिस्तानकी मानवअधिकार मन्त्री शिरिन मजारीले प्रियंकाले द्वन्द्वका बेला भारतीय सेनाको समर्थन गरेको भन्दै उनलाई पदबाट हटाउन माग गरेकी थिइन् । 

त्यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय प्रवक्ताले प्रियंकालाई आफ्नो व्यक्तिगत क्षमतामा बोल्ने अधिकार भएको बताएका हुन् । 

महासचिव एंटोनियो गुटेरेसका प्रवक्ता स्टीफन डुजारिकले सद्भावना दूतलाई चासो र चिन्ता भएका विषयमा निजी विचार राख्ने अधिकार भएको उल्लेख गरेका छन् । र, ती विचारहरुले युनिसेफको प्रतिनिधित्व गर्न नसक्ने पनि भनेका छन् । 

बिहीबारको डेली ब्रिफिङमा उनलाई सोधिएको प्रश्नको जवाफमा प्रवक्ता डुजारिकले युनिसेफ सदभावना दूत बालबालिकाको अधिकार प्रवद्र्धनका लागि उदारतापूर्वक आफ्नो सार्वजनिक साख र समय स्वयमसेवीका रुपमा खर्चिन तयार समाजका महत्वपूर्ण व्यक्तिहरु हुने गरेको पनि बताएका थिए । 

बलिउड र हलिउडमा समेत चर्चित प्रियंका चोपडाले गत फेब्रुअरी महिनामा भारतीय सेनाले पाकिस्तानको पुलवामा आक्रमण गरेपछि भारतीय सेनाको समर्थनमा ट्विट गरेकी थिइन् । 

त्यसको ६ महिनापछि अमेरिकाको लस एन्जलसमा भएको कार्यक्रममा प्रियंकालाई एक पाकिस्तानी–अमेरिकी युवतीले युनिसेफको सद्भावना दूत भएर पनि दुई देशबीचको द्वन्द्व र आणविक युद्धलाई बढावा दिने गरी बोलेको भन्दै प्रश्न सोधेकी थिइन् । 

त्यसलगत्तै प्रियंका चोपडाको ६ महिनाअघिको ट्विट चर्चामा आएको थियो । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।