बिहीबार, साउन २८, २०८३

२ लाख ५० हजार भारूसहित भारतीय नागरिक पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा– जिल्ला प्रहरी कार्यालय, पर्साले २ लाख ५० हजार भारूसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय, विर्ता र प्रहरी चौकी इनरुर्वाको संयुक्त टोलीले भारत, विहार लालगन्ज पोस्टस्थित खन्जाहा चोक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई पक्राउ गरेको हो । उनलाई विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका– १६,इनरुवाको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट २ लाख ५० हजार भारू फेला परेकाले निजलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका भारतीय नागरिक मिथिलेसलाई आज मात्रै थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।