परासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका परासी जिल्ला सदस्य प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
उनलाई सुनवल बजारबाट बिहीबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, परासीले जनाएको छ ।
परासीमा विप्लव समूहका जिल्ला इञ्चार्ज सुमन ज्ञवालीसहित अधिकांश नेता पक्राउ परिसकेका छन् । जिल्ला इञ्चार्ज ज्ञवाली अहिले कारागारमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४