शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. जापान र दक्षिण कोरियाबीच बढ्दै गएको मनमुटावका कारण दुई मुलुकबीच रहँदै आएको उच्च सैन्य गुप्तचरी सूचनाहरु लेनदेन गर्ने एउटा सामरिक सम्झौता खारेज गर्ने दक्षिण कोरियाले निर्णय गरेको छ।

२. फ्रान्सेली राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच ब्रेक्जिटबारे छलफल भएको छ। बेलायती प्रधानमन्त्री जोनसन अहिले फ्रान्सको राजकीय भ्रमणमा रहेका छन्।

३. ब्राजिलको सरकारले ठूला राष्ट्रिय कम्पनीहरुलाई निजीकरणमा लैजाने रणनीतिक तर घातक निर्णय गरेको छ।

४. भारतीय पूर्व वित्त मन्त्री पी चिदम्बरमलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। उनले भनेका छन्, ‘सुनुवाईका क्रममा सोधिएका सबै प्रश्नहरुको उत्तर मैले दिएको छु, बाँकी न्यायालयको जिम्मा।’

५. उत्तर कोरिया र अमेरिकाबीचको नयाँ शीर्ष बैठक छिट्टै हुनसक्ने दक्षिण कोरियाली राष्ट्रपतीय निलो भवनले जनाएको छ।

६. इस्लामिक क्रान्तिकारी नेता आयातोल्ला अलि खोमेनीले एक विवादास्पद बयान दिएका छन्। उनकाअनुसार भारत र पाकिस्तानबीच रहेको कश्मीर विवाद सन् १९४७ देखि नै कायम रहेको एउटा यस्तो घाउ हो जुन घाउ बेलायतले भारतीय उपमहाद्वीप छोड्ने बेलामा दक्षिण एसियालाई दिएर गयो।

७. अस्ट्रेलियाले स्टेट अफ हर्मुजमा बेलायत र बहराइनसँगै अमेरिकाले सुरु गरेको सामुद्रिक सुरक्षा अभियानको एउटा अभ्यासमा संलग्नता जनाएको छ।

८. पाकिस्तानी पञ्जाव प्रान्तका पूर्व मुख्य मन्त्री साँवाज सरिफले आफ्ना ठूलो दाई नवाज सरिफको जेल जीवन कष्टकर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनी बस्ने जेलको कक्षमा वातानुकुलन प्रणाली जडान नगरिएकोले उनी आक्रोशित भएका हुन्।

९. केही पाकिस्तानी विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् कि आर्थिक समृद्धि आउने नाममा निर्माण गरिएको चीन–पाकिस्तान आर्थिक करिडोर ‘सीपेक’ ले उल्टै आम युवालाई बेरोजगार बनाएको र त्यस परियोजनाले आर्थिक उन्नतिमा खासै मद्दत नगरेको हुने त्यो परियोजनाको कुने अर्थ छैन।

१०. एउटा अध्ययनले देखाएबमोजिम धेरैजति स्वीडिस नागरिकहरु एक्लै बस्ने गरेका छन्। तिनीहरुले आफ्नो जीवनको किशोराबस्थादेखि नै घरबाट निस्किने र एक्लै संघर्ष गरेर आफ्नो जीविकोपार्जन गर्ने प्रवृत्ति विकास गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।