बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाइजेरीयाबाट डेढ किलो कोकिन बोकेर भारततर्फको यात्रा 

नाइजेरीयाबाट डेढ किलो कोकिन बोकेर भारततर्फको यात्रा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बुधबार दिउँसो ३:३५ बजे दोहाबाट उडेको कतार एअरवेजको उडान नम्बर क्यूआर ६–४६ को विमान त्रिभुवन विमानस्थलमा ओर्लियो।  

१४४ सिट क्षमताको उक्त विमानबाट आउँदै गरेका एक विदेशी नागरिक लागू औषध बोकेर आउँदैछन् भन्ने सूचना पाएको लागू औषध नियन्त्रण ब्यूरो पहिले नै चनाखो भइसकेको थियो। 

ती यात्रु थिए आइभेरी कोस्टका नागरिक मार्सेल गुही।

अन्तराष्ट्रिय बजारमा भैरहेको लागूऔषध कारोबार र प्रयोगबारे सूचना लिइरहेको ब्यूरोका अनुसार ल्याटिन अमेरीकामा यो वर्ष अत्याधिक मात्रामा कोकिन उत्पादन भएको छ। जहाँबाट तस्कर र भरियाहरुले संसार भर यसलाई फैलाइरहेका छन्। 

दक्षिण एसियामा पनि लागू औषधको प्रयोग र कारोबार बढदै गएको छ। भारत दक्षिण एसियामै सबैभन्दा बढी लागू औषध कारोबार हुने मुलुक हो।

नेपालको त्रिभुवन विमानस्थल हुँदै भित्रिने कोकीन, ब्राउन सुगर, खैरो हेरोइन लगायतका लागूऔषध भारत तर्फ समेत तस्करी हुन्छ। 

३ बजेर ३५ मिनेटमा विमानस्थल ओर्लेका आइभेरीकोष्टका नागरिक मार्सेल गुहीलाई लागू औषध नियन्त्रण ब्यूरोको विषेश टोलीले विमानबाट बाहिर निस्केदेखि नै पछ्याइरहेको थियो। 

अध्यागमन र विमानस्थल भन्सारको सबै चेकजाँच सकेर गुही बाहिर निस्किए। उनी ट्याक्सी स्टयाण्ड नजिक पुगेपछि सादा पोशाकमा खटिएको ब्यूरोको टोलीले उनलाई घेरामा हाल्यो। 

टोलीले गुहीलाई नियन्त्रणमा लिएर उनको ब्रिफकेस जाँच गर्दा सबैभन्दा तल्लो भागबाट एकपछि अर्को काठका पाता निस्कन थाले। उनले काठको फल्स बटम बनाएर कार्बनले बेरेका पाँचवटा काठका पाताभित्र १ केजी ६०० ग्राम कोकिन फेला पर्यो । ब्यूरोका अनुसार यसको  मूल्य अन्तर्राष्ट्रिय  बजारमा करिब ४ करोड ५० लाख छ। 

मार्सेल गुही नाइजेरीयाको लागोसबाट दोहा हुँदै काठमाडौं ओर्लेका गुहीले काठमाडौको सोल्टी होटलमा कोठा बुक गरेको ब्यूरोले जनाएको छ। 

उनले आइभेरीकोष्टबाटै अनलाइनमार्फत भारतको भिषा समेत लिइसकेका थिए। 

भारतको भिषा पनि रहेकाले मार्सेलले उक्त कोकिन भारत तर्फ लैजान लागेको ब्यूरोको अनुमान छ। १ ग्रामको ३० देखि ३५ हजार रुपैयाँ पर्ने कोकिन नेपालमा खासै प्रयोग हुँदैन।

कसरी सजिलै भित्रियो कोकिन? 

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार कार्वनले बेरेको समान एक्सरेले सहजै पहिचान गर्न सक्दैन। त्यसैले यस्तो शंकास्पद वस्तु देखिएमा तुरुन्तै खोजतलास गर्नुपर्छ। 

त्रिभुवन विमानस्थलमा आगमन तर्फ चेकजाँचको काम भन्सार विभागले गर्ने र उसले एक्सरेमा हेर्दा फल्स बटम बनाइएको कोकिन नदेखेको हुनसक्ने प्रहरीको बुझाइ छ।

अहिले मार्सेल गुहीलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।