भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन बुधबार नेपाल आएका उनी आयोगको बैठकमा सहभागी हुनका साथै नेपाली नेताहरुसँग भेटवार्ता गरेर आज स्वदेश फर्केका हुन्।
उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले विदाई गरे।
बुधबार दिउँसो उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूलाई भेटेका थिए।
बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट वार्ता गरेका जयशंकरले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराईसँग पनि राजनीतिक भेट वार्ता गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४