बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप, आसिफ र सूर्यको पुनरागमन हुँदा बिशाल विक्रम बाहिरिए

सन्दीप, आसिफ र सूर्यको पुनरागमन हुँदा बिशाल विक्रम बाहिरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - श्रीलङ्कामा  भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने एसिसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको हो। घोषणा भएको टोलीमा सन्दीप जोरा,आसिफ शेख र सूर्य तामाङले पुनरागमन गर्दा बिशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन्। 

घोषणा भएको टोलीमा  कप्तान पौडेलसहित रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सूर्य तामाङ, सागर ढकाल, हरिबहादुर चौहान, खडक बोहरा, लोकेश बम र प्रतिष जिसी छन्। 
    
समूह बी मा रहेको नेपालले प्रतियोगीतामा आफ्नो पहिलो खेल भदौ २० आयोजक श्रीलङ्कासँग खेल्नेछ। त्यस्तै समूह चरणको दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ।

समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्। 

राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गत असारमा मलेसियामा सम्पन्न एसिसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो। त्यतिबेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।