बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा जलविद्युत : स्रोतमा धनी, उत्पादनमा गरिब 

सुदूरपश्चिममा जलविद्युत : स्रोतमा धनी, उत्पादनमा गरिब 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– जलविद्युत उत्पादन सम्भावनाका हिसावले सबैभन्दा धनी रहेको सुदूरपश्चिम प्रदेश उत्पादनका हिसावले भने सबैभन्दा गरिव देखिएको छ । 

स्वतन्त्र उर्जा उत्पादहकहरूको संस्था नेपाल (इपान)को तथ्यांक अनुसार १८ हजार १ सय ४९ मेगावाट जलविद्युत उत्पादन गर्नसक्ने सम्भावना रहेको यस प्रदेशमा जम्मा ४१ दशमलव ८ मेगावाट मात्र जलविद्युत उत्पादन भएको छ । नेपालको कुल जलविद्युतको सम्भाव्यतामध्ये सुदूरपश्चिममा २२ प्रतिशत रहेको छ । 

सुदूरपश्चिममा बृहत् कर्णाली चिसापानी आयोजनाको क्षमता १० हजार ८ सय, पञ्चेश्वर आयोजनाको क्षमता ६ हजार ८ सय, पश्चिम सेतीको आयोजनाको क्षमता ७ सय ५० र एसआर सिक्स आयोजनाको क्षमता ६ सय ५२ मेगावाट रहेको छ । यी आयोजना निर्माणको विषय वर्षौदेखि उठे पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर गोकर्णराज पन्थका अनुसार सुदूरपश्चिम प्रदेशका ८९ मेगावाट क्षमताका ९ जलविद्युत आयोजना निर्माण भइरहेका छन् भने ५४ मेगावाटका ६ आयोजना विद्युत खरिद सम्झौता भई निर्माणको चरणमा छन् । त्यस्तै, ३ हजार ६ सय १४ मेगावाटका २० आयोजना अध्ययनका चरणमा छन् भने १ सय ६ मेगावाटका चार आयोजनाको सरकारले अध्ययन गरिरहेको छ । नेपाल सरकारले ९४ मेगावाटका १२ आयोजना बास्केटमा राखेको जनाएको छ ।

सुदूरपश्चिमको दिगो विकासका लागि जलविद्युतबारे धनगढीमा आयोजित कार्यशालामा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले जलविद्युतमा निजी क्षेत्रको लगानी बढाउन जलविद्युत निर्माणमा आकर्षित हुने कानुन परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले संघीय सरकारको कानुन नआएकाले प्रदेश सरकारले बनाएको कानुनको मस्यौदा ९ महिनादेखि थन्किएको सुनाए । 

मन्त्री बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक विकास र समृद्धि जलविद्युतबाटै सम्भव रहेकाले प्रदेश सरकारले २० मेगावाटको तल्लो चमेलिया बनाउन संघीय सरकारको सहमति माग गरेको बताए । उनले प्रदेश सरकार जलविद्युत विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । 

नेपाल विद्युत प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक सतिशकुमार कर्णले चालू आर्थिक वर्ष २०७६÷०७७ मा सुदूरपश्चिम कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा पूर्णरुपमा विद्युत विस्तार गरिने र केही वर्षमा प्रदेशमा पूर्णरूपमा विद्युत पुर्याइने बताए । 

इपानको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा १६.१९, प्रदेश २ मा ०.२५, प्रदेश ३ मा १५.७९, गण्डकी प्रदेशमा १२.७९, प्रदेश ५ मा १७.५४ र कर्णाली प्रदेशमा १४.७५ प्रतिशत जविद्युतको सम्भावना रहेको छ । 

नेपालमा ७९ हजार ९ सय ९३ मेगावाट जलविद्युतको सम्भावना रहेको इपानका महासचिव आशीष गर्गले बताए । उनले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि जलविद्युतको सम्भावना भए पनि उत्पादन भने सबैभन्दा कम रहेको बताए । पछिल्लो समय सुदूरपश्चिममा जलविद्युत उत्पादनका लागि निजी क्षेत्र आकर्षित भए पनि कानुनी जटिलता र लामो प्रक्रियाका कारण लगानी भित्रिन नसकेको उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।