बिहीबार, साउन २८, २०८३

नेपाल–भारत संयुक्त आयोग बैठक : यी बुँदामा भयो सहमति 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राति राजधानी काठमाडौंमा सम्पन्न भएको छ । 

बैठकमा नेपाल र भारतका विभिन्न ८० बुँदामा सहमति भएको बताइएको छ । बैठकको माइनुटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले हस्ताक्षर गरेका छन्।

बैठकमा रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थप्ने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने, खाद्य गुणस्तर र सुरक्षामा सहकार्य गर्ने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजनालाई द्रुत गतिमा अघि बढाउनलगायत विषयमा सहमति भएको छ । 

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका तर्फबाट विदेशमन्त्री सुव्रमण्यम जयशंकरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । 

बैठकका निर्णय बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।