बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेरि आज सिंगापुर जाँदै प्रधानमन्‍त्री : मन्‍त्रिपरिषद् बैठक भिडियोबाटै

फेरि आज सिंगापुर जाँदै प्रधानमन्‍त्री : मन्‍त्रिपरिषद् बैठक भिडियोबाटै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- १२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओली उपचारका लागि बिहीबार (आज) पुनः सिंगापुर जाँदै छन्  ।

नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् । 

दिउँसो साढे १ बजे थाइएयरमार्फत प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । सिंगापुर जाने टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्या सिंहलगायत ९ जना सहभागी हुने जनाइएको छ । 

एक सातासम्म बस्ने भनिए पनि फर्किने मिति यकिन भएको छैन । उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका छन् । संविधान दिवस आउन १ महिना बाँकी छ ।

सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी गरिएको छ भने आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्नेसम्मको योजना बनेको छ । मृगौला भित्रको समस्याको पहिचान गर्ने र आवाश्यक परे फेर्ने नै भन्ने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको  छ। 

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । त्यसबेला उनले औषधिको मात्रा परिवर्तन गरेका थिए । त्यही औषधिको प्रभावबारे फलोअप गर्न जान लागेका हुन् । 

प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे अफवाह फैलाइएको भन्दै असन्तुष्टिसमेत जनाएका थिए । उनले बुधबार गृहमन्त्रालयमा आयोजिकत कार्यक्रममा बोल्दै आफू अझै १५ वर्ष बाँच्ने बताएका थिए । उनले आगामी चुनाव लड्न तयार रहनसमेत विपक्षीलाई चुनौती दिएका थिए । 

भिडियोबाटै मन्त्रिपरिषद् बैठक गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । 

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन थियो ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।