जनकपुरधाम- जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारी डेढलाख घुुस रकमसहित पक्राउ परेका छन्।
जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहनप्रसाद यादवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
सर्वेक्षक यादवले घर नापनक्साअनुसार नरहेको भन्दै मुद्दा मिलाइदिने भनेर सेवाग्रहीसँग १ लाख ५० हजार घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट पुगेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
सेवाग्रहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले यादवलाई बुधबार जलेश्वरको खैरा चोकबाट पक्राउ गरेको हो । घुससहित पक्राउ परेका यादवविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४