बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो 

अछाम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अछाम– अछामको बान्नीगढी गाउँपालिकामा बुधबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

उपचारका क्रममा दुईको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

प्रहरीका अनुसार उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ का कालु सिंह आउजी र बैतडी, डिलासैनी गाउँपालिका–३, का लालबहादुर बोहराको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको छ । यसअघि बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारको घटनास्थलमै मृत्यु भएको थियो ।  

मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक दुर्घटनाग्रस्त भएको थियो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली, घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी र कैलाली, धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।