बिहीबार, साउन २८, २०८३

नयाँ बसपार्कको होटलमा एक जोडी मृत फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् ।

मोरङ पर्वत धौलागिरी पोखरा गेस्ट हाउसको कोठा नम्बर १ सय ११ मा एक युवक र युवती मृत फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले दुवैले आत्महत्या गरेको देखाएको छ । मंगलबार राति ११ बजे गेस्ट हाउस आएका उनीहरु बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्ट हाउसले प्रहरी बोलाएको थियो । ढोका फोडेर हेर्दा युवक भुईँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार दुवै मृतक कट्टु मात्रै लगाएको अवस्थामा भेटिएका थिए। मृतक मध्ये ३७ वर्षीय यमबहादुर मगरको घर चितवनको चैनपुर रहेको र युवतीको नाम भने सुनिता भन्ने ३० वर्षकी सविना बजगाईँ रहेको खुलेको छ। 

युवतीको श्रीमान् वैदेशिक रोजगारीका क्रममा विदेशिएका छन्। उनको माइती काभ्रेको पनौती भई घर मकवानपुर सालढुंगा भएको खुलेको प्रहरीले जनाएको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।