बिहीबार, साउन २८, २०८३

विज्ञापनमा अनुदार बन्दै सरकार : हलमा राष्ट्रिय गान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
 
कान्तिपुर र नागरिक दैनिकले सरकार विज्ञापनको सवालमा निजी मिडियाप्रति अनुदार बनेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाइएको विधेयकमा विज्ञापन बोर्डले निजी मिडियालाई दिने सरकारी विज्ञापनमा नियन्त्रण गर्न सक्ने प्रस्ताव गरिएको छ ।
 
यस्तै कान्तिपुरले आगामि संविधान दिवसदेखि फिल्म हलहरुमा चलचित्र सुरु हुनुअघि राष्ट्रिय गान अनिवार्य रुपमा बजाउनु पर्ने निर्णय भएको विषयलाई पनि महत्वका साथ छापेको छ।
 
त्यस्तै नेपाल र भारतबीच व्यापार–पारवहन सम्झौता पुनरावलोकनको सहमति भएको विषयलाई कान्तिपुरले प्राथमिकताका साथ छापेको छ। यहि विषयलाई नागरिकले नेपाल–भारत सहयोगका प्राथमिकता पहिचान गर्न सहमत शीर्षकमा खबर लेखेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले नेपाल भारत बैठकः तितो मेट्ने पहल शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा सिफारिस भएका रमण श्रेष्ठले पद अस्विकार गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
 
यस्तै आजको नयाँ पत्रिकाले सुरुङ र पुलविनाको डिपिआर स्वीकृत शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा जनाइएअनुसार ८७ मध्ये १६ विशेष पुलको निर्माण जटिल छ, तर तिनै पुलको डिजाइन छैन । त्यस्तै, साढे ६ किलोमिटर लम्बाइका तीन सुरुङको डिजाइनविना मन्त्रिपरिषद्ले डिपिआर स्वीकृत गरेको छ । 

विज्ञापनसम्बन्धी विधेयक विकास समितिबाट पारित: निजी मिडियाप्रति सरकार अनुदार

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर निजी मिडियालाई दिने सरकारी विज्ञापन नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको छ । 

समितिले बुधबार पारित गरेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअनुसार विज्ञापन बोर्डमा सरकारले नियुक्त गरेका प्रतिनिधि रहने र त्यसले सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनलाई अंकुश लगाउन सक्ने देखिएको छ ।

विधेयकको दफा ३६ मा रहेको व्यवस्थाले ऐन कार्यान्वयनका लागि बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । ‘अब विज्ञापन बोर्डले नयाँ मापदण्ड बनाएर सरकारी मिडियालाई मात्रै विज्ञापन दिने निर्णय पनि गर्न सक्छ’, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले भने ।

विज्ञापन बोर्डको सदस्यमा गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिवलाई ल्याउन नहुने भन्ने विज्ञको सुझावमा समितिले पहिला सहमति जनाए पनि विधेयकमा कायमै राखिएको छ 

नेपाल–भारत बैठक : व्यापार–पारवहन सम्झौता  पुनरावलोकनको सहमति

कान्तिपुरमा प्रकाशित समाचारअनुसार नेपाल र भारतबीच बुधबार भएको संयुक्त आयोगको पाँचौं बैठकमा  दुवै मुलुक व्यापार, पारवहन र रेल सेवाहरूसम्बन्धी सन्धि–सम्झौताहरू पुनरावलोकन गर्ने प्रारम्भिक निष्कर्षमा सहमत भएका छन् । 

दुवै मुलुकले स्थल, हवाई र जलमार्गको कनेक्टिभिटीलाई बढाउने प्रतिबद्धता पनि जनाएका छन् । 

रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने कामलाई अघि बढाउने, नेपालका पाँच नाकासम्म रेलमार्ग विस्तार गर्ने र कोलकाता बन्दरगाहबाट गंगा नदी हुँदै नेपालको कोसी र नारायणीसम्म मझौला खालको पानी जहाज सञ्चालन गर्ने काममा भएका प्रगतिमा दुवै पक्ष सन्तुष्ट भएको बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा जलस्रोत, पारवहन, वाणिज्य, शिक्षा, कृषिका क्षेत्रमा भएको साझेदारीलाई पनि अघि बढाउने सहमति भएको छ । 

बुधबारै काठमाडौं आएका भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले संयुक्त आयोगको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए ।

करिब एक घण्टाको भेटघाटका क्रममा दुई देशबीचका आपसी सम्बन्धका बारेमा कुरा भएको प्रधानमन्त्री निकट स्रोतले बतायो । त्यस क्रममा ओलीले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको र जयशंकरले यसबारे भारत सरकार सकारात्मक रहेको बताएको स्रोतले जनायो ।

फास्ट ट्रयाककाे सुरुङ र पुलविनाको डिपिआर स्वीकृत

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार सेनाले बनाउन लागेको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सरकारले स्वीकृत गरेको छ । 

सेनाले १२ चैतमा पेस गरेको डिपिआरमा सुरुङ र पुलको ‘डिटेल डिजाइन’ नभएकै कारण सरकारले पाँच महिनासम्म रोकेर राखेको थियो । अन्ततः मन्त्रिपरिषद्को सोमबारको बैठकले त्यही अपुरो डिपिआर अनुमोदन गरेको छ ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ किमि सडकखण्ड छ । त्यस्तै कुल ८७ पुल मध्ये १६ विशेष पुलको निर्माण जटिल छ । तिनै जटिल पुलको डिजाइन भएको छैन । त्यस्तै कुल साढे ६ किलोमिटर लम्बाइका तीन सुरुङको डिजाइनसमेत डिपिआरमा छैन । 

फास्ट ट्रयाकको डिपिआर स्वीकृत नहुँदा निर्माणमा ढिलाइ भएको भन्दै सेनाले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएको थियो । तर, मन्त्रिपरिषद्मा रोकिएपछि भित्रभित्रै कोरियाली कम्पनीले प्रतिवेदनमा केही सुधार गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।