बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो रु २ अर्ब ४५ करोड

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दियो रु २ अर्ब ४५ करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई रु.२ अर्ब ४५ करोड दिएको छ ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूतले मञ्जिव सिंह पुरीले उक्त रकम पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

भारतले ०७२ को भूकम्पपछिको पुननिर्माणका लागि रु. १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो।  यो रकम त्यसैमध्येको हो । 

यसैगरी, हुलाकी राजमार्ग निर्माणका लागि भारतले यसअघि जनाएको प्रतिबद्धताअनुसार नेपाल सरकारलाई रु। ८० करोड ७० लाख ७७ हजार दिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमलगत्तै आयोगको बैठक शुरु भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।