बिहीबार, साउन २८, २०८३

ओलीलाई जयशंकरले सुनाए मोदीको सन्देश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । 

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आजै नेपाल आएका जयशंकरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । 

बालुवाटारमा भएको भेटमा उनले प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदनलाई मोदीले उपयुक्त समयमा बुझ्ने जानकारी दिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । 

भेटमा जयशंकरले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएकोले नीतिगत रुपमा पनि निर्णय गर्न सहज वातावरण बनेको र नीतिगत स्थायित्वलाई पनि अगाडि बढाउनु पर्ने बताएको सल्लाहकार भट्टराईले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।