काठमाडौं - नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ। लामो समयदेखि मिर्गौला तथा मधुमेह रोगबाट पीडित मगरको ६४ वर्षको उमेरमा जावलाखेलस्थित निदान अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
उनले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, मिस्टर मंगले, चक्र, बन्धकी, घुम्टो, लगायतका चर्चित फिल्म निर्देशन गरेका थिए। उनी प्रसिद्ध गायिका संगीता राना प्रधानका श्रीमानसमेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४